त्रिदेशीय कपका लागि चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा
- गाउँ सहर संवाददाता
- ११ चैत बुधबार, २०७७ | १६:३३:०० मा प्रकाशित
काठमाडाैं । त्रिदेशीय कप अन्तराष्ट्रिय फुटबलका लागि नेपाली टिमको घोषणा भएको छ ।
गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ । टोलीमा पूर्व-कप्तान विराज महर्जनले पुन अवसर पाएका छन् भने नवयुग श्रेष्ठ अटाएनन् ।
मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले फरवार्ड नवयुगसहित क्लोज क्याम्पमा रहेका १० जना खेलाडीहरूलाई टिम बाहिर राखेका छन् । गोलरक्षकद्वय विशाल श्रेष्ठ र विशाल सुनुवार, डिफेन्डर पाल्साङ लामा, सुरज विक, विकास खवास २३ सदस्यीय टोलीमा अटाएनन् ।
मिडफिल्डर हेमन्त थापा मगर र सन्तोष तामाङ, फरवार्ड आशिष लामा, जर्ज प्रिन्स कार्की टिममा परेका छैनन् । उनीहरूलाई क्याम्पबाट रिलिज गरिने एन्फाले जनाएको छ । नेपालले प्रतियोगितामा पहिलो खेल बिहीबार किर्गिस्तानको २३ वर्षमुनिका टोलीसँग खेल्नेछ । शनिबार बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो खेलमा उपहार गोलको मद्धतमा बंगलादेशले किर्गिस्तानलाई हराएको थियो ।
नेपाली टोली
गोलरक्षक : किरण कुमार लिम्बु (कप्तान), विकेश कुथु र दिप कार्की
डिफेन्डर : रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ
मिडफिल्डर : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, एरिक बिष्ट, सञ्जोग राई, विशाल राई बी, सुनिल बल र रविशंकर पासवान
फरवार्ड : अञ्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजा र भरत खवास
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
प्रतिकृया दिनुहोस