प्रेरणा

मृत्यु सबैको हुने नै हो; धेरै शोक नगर्नुहोस्, समयसँगै अगाडि बढ्नुहोस्

काठमाडौँ । मृत्यु शास्वत नियम हो । यो टारेर टर्दैन । कतिबेला मर्ने टुंगो पनि हुँदैन । मनमा डर राखेर होइन समयसँगै अगाडि बढ्नु हामी सबैको कर्तव्य हो ।

यसै प्रसंगमा यो घटना मनन गरौँ ।

एक वृद्धालाई गौतम बुद्धप्रति धेरै आस्था थियो । एकदिन उनको जवान छोराको मृत्यु भयो । ती छोरा नै उनको सहारा थिए । दुखी भएर बुद्धसँग पुगिन् ।

वृद्धाले बुद्धसँग भनिन्, ‘तपाईं मेरो मृत छोरालाई जीवित गरिदिनुहोस् ।’ ती वुद्धालाई उनीसँग त्यो विश्वास थियो । उनले बुद्धसँग निवेदन पनि गरिन् ।

बुद्धले वृद्धाकाे कुरा सुने, बुझे र केहि समय सोच्न थाले । बुद्ध चाहन्थे कि यो घटनाबाट भविश्यमा मानिसलाई सन्देश मिल्न सकोस् ।

उनले वृद्धासँग भने, ‘म यस्तो गर्छु, तर तपाईंले एक मुठ्ठी तोरीको दाना कुनै यस्तो घरबाट ल्याउनुहोस् जहाँ कसैको पनि मृत्यु नभएको होस् । मृत्युको दुःख त्यो परिवारले देखेको नहोस् ।’

वृद्धाले सोचिन्— यो त धेरै सरल काम हो । एक मुठ्ठी तोरीको दाना नै त ल्याउनु छ । वृद्धाले साचेकी पनि थिइनन् कि बुद्धले भनेको अर्को कुरा, त्यसको अर्थ के हो भनेर । वृद्धा जुन घरमा जान्थिन् इमान्दार भएर भन्थिन्, ‘यदि तपाईंको घरमा कसैको मृत्यु भएको छैन भने एक मुठ्ठी तोरी दिनुहोस् न ।’

गाउँका सबैको उत्तर हुन्थ्यो मृत्यु भएको छ । कसैको उमेर पुगेर, कसैको असामयीक, आखिर जे भएपनि मृत्यु त भएकै थियो ।

जब सबै घरबाट यहि उत्तर आउँदा वृद्धाले बुझिन कि बुद्धले उनलाई केही सोचेरै पठाएका हुन् । जब उनी फर्किइन् र बुद्धकोमा पुगिन् । त्यतिबेलासम्म उनले थाहा पाइसकेकी थिइन कि सबैलाई एक दिन मृत्युवरण गर्नु नै छ । त्यसको शोक लामो समयसम्म मान्नु हुँदैन ।

यसकारण जब घर परिवारमा कुनै प्रिय व्यक्तिको मृत्यु हुने गर्दछ तब धेरै मानिस भगवान र आफ्नो भाग्यलाई दोष दिन्छन् । मृत्यु सबैको हुन्छ । यसकारण कसैको मृत्युलाई लिएर लामो समयसम्म शोक गर्नु हुँदैन । यसले वर्तमान जीवन खराब हुन थाल्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत