स्वास्थ्य

देशभरका काेराेना संक्रमितमध्ये ४५ जना आइसियू र ५ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौँ । देशभरका कोरोना संक्रमितमध्ये ४५ जनाको आइसियू र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

भाइरसका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३,०२० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४५ संक्रमित थपिएका छन् भने स्वास्थ्य लाभ गर्नेको संख्या ९० छ ।

थपिएकासहित कुल संक्रमितको संख्या २,७६,३८९ पुगेको छ भने स्वास्थ्य लाभ गर्नेको संख्या २,७२,१८७ पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म २२,४८,९९३ को पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा १,१८२ र क्वारेन्टाइनमा रहनेको संख्या ५२ छ ।

छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत