जीवनशैली

शारीरिक गतिविधि कम हुँदा अनेक रोग, यसाे गर्नुहाेस्

काठमाडौँ । शारीरिक गतिविधि सन्तुलित भयो भने धेरै रोगबाट हामी छुटकारा पाउन सक्छौँ । शरीरपनि चङ्गा हुन्छ र फुर्तिलो बनाउँछ । व्यायामका अनेक तरिका छन् । तरपनि केहि यी व्यायामलाई तपाईं-हामी सजिलै गर्न सक्छौँ र बानी पार्न सक्छौँ । 

चेस्ट ओपनर
यदि तपाईं दिनभर बस्नुहुन्छ भने तपाईंको लागि यो व्यायाम फाइदाजनक हुन्छ । हातलाई पछाडिको भागमा लैजाने र खुट्टा उठाउने । ५ देखि १० पटसम्म दोहोर्याउँदा तपाईंलाई थप फाइदा पुग्छ ।

क्याट काऊ पोज
हात र घुँडाको बलमा झुक्नुहोस् । श्वास बन्द गर्नुहोस र कमरलाई जमिनतर्फ झुकाउँदै माथितर्फ हेर्नुहोस् । यसो गर्दा गर्दन तथा ढाडको हड्डिलाई फाइदा पुग्छ । यो व्यायाम १० मिनेटसम्म गर्नुहोस् ।

चाइल्ड पोज
यो व्यायाममा घुँडालाई फर्काएर हात अगाडिपट्टि पछार्नुहोस्, श्वास रोक्नुहोस् । पाँच मिनेटसम्म यो एक्सरसाइज गर्नुहोस् ।

गाउँ सहर संवाददाता

तपाईँको मत