गाउँ सहर

सिन्धुली जिल्ला प्रशासन कार्यालयमा सेवा लिन जानेले अनिवार्य मास्क प्रयाेग गर्नुपर्ने

सिन्धुली । पछिल्लाे बढ्दै गएकाे कोरोना संक्रमणसँगै सिन्धुली जिल्ला प्रशासन कार्यालयले पनि सतर्कता अपनाउने सूचना जारी गरेकाे छ । 

कोरोना भाइरस संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि कडाइ गर्न थालेकाे हाे ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर बुधबारदेखि स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गरी सबै कर्मचारीले अनिवार्य रूपमा मास्क प्रयाेग गर्ने र सेवाग्राहीलाई पनि अनिवार्य रूपमा मास्क लगाएर मात्र कार्यालयमा प्रवेश गर्ने व्यवस्था मिलाउन निर्देशन जारी गरेकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत