गाउँ सहर

कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै कञ्चनपुरमा कडाइ (सूचनासहित)

कञ्चनपुर । भारतमा बढ्दै गएकाे कोरोना संक्रमणसँगै कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले पनि सतर्कता अपनाउने सूचना जारी गरेकाे छ । 

कोरोना भाइरस संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि कडाइ गर्न थालेकाे हाे ।

जिल्लामा भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय प्रशासन ऐनअनुसार मंगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले ९ बुँदे आदेश जारी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको सूचनामा धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने, अत्यावश्यकबाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगागतका सेवा एवं मानिसहरुको आवागमन बिहान ४ देखि बलुकी १० बजेसम्म जनस्वास्थ्यको सुरक्षा मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्न पाइने जनाएको छ ।

कञ्चनपुर जिल्लास्थित अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने गड्डाचौकी र गौरीफन्टाबाट मापदण्ड बमाजेजिम यात्रुहरुको आगमान र मालसामानको ढुवानी व्यवस्था बिहान ६ देखि बेलुका ८ बजेसम्म कायम हुने गरी निरन्तरता दिइने भएको जनाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत