दिगोविकास

सुनको मूल्य स्थीर, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडाैं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थीर भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका बुधबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८६ हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँ र चाँदी तोलाको १ हजार २४० रुपैयाँ निर्धारण गरिएको छ ।

महासंघका अनुसार मंगलबार सुन तोलामा ३०० रुपैयाँले सस्तिँदै छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँ र चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदी भाउ भने प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत