खेल

पाकिस्तानमा अनिताको १६, सरुकाे १० गोल गोल, मासा ३५-० ले विजयी

Photo - Pakistan Football Federation

काठमाडाैं । पाकिस्तान नेशनल वुमन च्याम्पियन्स फुटलबमा नेपाली खेलाडी रहेको मासा युनाइटेडले कराची एफसीलाई ३५-० गोलले हराएको छ ।

नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रिएको मासाको यो लगातार तेस्रो जित हो ।

मासाका लागि नेपाली खेलाडी अनिता केसी एक्लैले १६ गोल गरिन् । यस्तै सरु लिम्बुले १०, गीता राना र गोलकिपर एन्जिला तुम्बापो सुब्बाले समान २/२ गोल गरे । 

पहिलो खेलमा मासा युनाईटेडले सियालकोट सिटीलाई १९-० गोल अन्तरले पराजित गरेको थियो ।

दोस्रो खेलमा मासाले हाइयर एजुकेसन कमिसनलाई ४-० गोल अन्तरले हराएको थियो ।

पाकिस्तानी खेलाडीले पाँच गोल गरे । पाकिस्तानको महिला लिगमा यो अहिलेसम्मकै ठूलो अन्तरको जीत हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत