जीवनशैली

अभिभावकले हकार्दा बच्चाको दिमागमा यस्ता असर पर्छन्, होशियार !

काठमाडाैँ । अभिभावकले प्रायः बच्चालाई ठूलो स्वरमा हकार्छन् तर केहि घटना त पिटाइसम्म पनि पुग्छन् । यसले बच्चामा के असर पर्छ ?

यसलाई बुझाउनको लागि मोन्टेरियल र स्टेनफोर्ड युनिभर्सिटीले मिलेर अनुसन्धान गरेका छन् । अनुसन्धानमा संलग्न वैज्ञानिकका अनुसार— यस्तो हुँदा बच्चामा डिप्रेशन र बेचैनी बढ्दछ, किनकी यसको सिधा असर उनीहरुको दिमागमा पर्दछ ।

अनुसन्धानमा २ देखि ९ वर्षका बच्चालाई सहभागी गराइएको थियो । अभिभावकले हकारेपछि र पिटेपछि उनीहरुको दिमाग स्केनिङ्ग गरिएको थियो । वैज्ञानिकले उनीहरुको दिमागमा असर परेको जसले बेचैनी र डिप्रेशन बढेको नतिजा निकाले ।

याे कुरालाई अधिक अनुसन्धानले पनि सहि बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत