स्वास्थ्य

स्वास्थ्य मन्त्रालयको यो सूचनाले जनता किन तर्सिए ?

काठमाडौँ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा सूचना निकाल्यो । स्वतस्फुर्त समाचारहरु बन्न थाले अनि जनताको मनमा एकप्रकारको डर पुनः पलायो—कतै लकडाउन त हुने हैन भनेर !

मन्त्रालयको सूचनामा विगत केहि हप्तादेखि विश्वभरी खासगरी छिमेकी देशहरुमा कोभिड १९ को संक्रमण बढ्दो क्रममा रहेको र जनस्वास्थ्यका मापदण्डहरुसमेत पालना गर्न भनिएको थियो ।

तर ‘के निऊँ पाउँ, कनिकाको खिर खाउँ’ हरुले भाइरल बनाएका हत्तु पार्ने समाचारहरुले जनताको ढ्याङ्ग्रो ठोक्यो, अनि त्यस्तै खालका समाचारहरुमा अहिले बहस चलिरहेका छन् ।

सूचनामा सतर्कताका कुरा उठाइएका छन् । तर सूचनाको प्रकृतिले लकडाउनकै सन्देश दिने जानकारहरुले बताइरहँदा अधिकारीहरुले अहिले नै सो अवस्था नआउने बताएका छन् । तर अवस्था बिग्रन थालेको खण्डमा भने सो को विकल्प नहुने पनि उनीहरुले बताएका छन् ।

पहिलो लकडाउनले नै थलिएका हामी पुनः अर्को लकडान र निषेधाज्ञा कुनैपनि हालतले खेप्न नसक्ने अवस्थामा छौँ । तर भवितव्य त्यस्तो अवस्था नआउला भन्नेपनि छैन । 

यहि कुरालाई मध्येनजर गर्दै मन्त्रालयले नेपालमा समेत संक्रमण बढ्नसक्ने भन्दै देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्न भनेको छ । साथै सामाजिक र भौतिक दुरीको पालना, मास्क अनिवार्य, सेनिटाइजरको प्रयोग अनि साबुन पानीले हात धुन नविर्सन भनेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत