प्रविधि

संसारमै पहिलो : अब रिमोटबाट ट्याटू, 5G को प्रयोग

  • एजेन्सी
  • १० चैत मंगलबार, २०७७ | १७:२३:०० मा प्रकाशित

भर्खरै सीटमा बसेर ट्याटू आर्टिस्टले रोबोटिक्सको मद्यतले नेदरल्याण्डमा एक महिलाको हातमा ट्याटू बनाए । यस्तो 5G टेक्नोलोजीको मद्यतबाट सम्भव भएको हो । यो संसारको पहिलो रिमोट ट्याटू हो जुन ४८३ किलोमिटर टाढाबाट बनाइएको हो ।

जुन 5G प्रविधिबाट लेस रोबटिक आर्मबाट ट्याटू बनाइएको हो । यसलाई लण्डनको टेक्नोलोजीस्ट नोयल ड्रीले तयार गरेका हुन् । नाेयलका अनुसार— हामीले रियल टाइममा रोबोटको हातलाई नियन्त्रणमा राख्यौँ र महिलाको हातमा ट्याटू बनायौँ । 5G को मद्यतबाट यो सबै सम्भव भएको हो ।

ट्याटू आर्टिस्ट वेस थोमसका अनुसार हातमा डिजाइन बनाउनको लागि उनीहरुले करिब सयौँपटक उपकरणको जाँच गरेका थिए । लकडाउनको समयमा करिब ६ हप्तामा यस्तो प्रविधि विकसित गरेको उनीहरुको भनाई छ ।

एजेन्सी

तपाईँको मत