काेराेना निकाे हुनेभन्दा संक्रमित हुने बढ्न थाले, काठमाडौं उपत्यकामा मात्र थप ९७ जनामा संक्रमण पुष्टि
- गाउँ सहर संवाददाता
- १० चैत मंगलबार, २०७७ | १६:३१:०० मा प्रकाशित
काठमाडौं । पछिल्लाे समय नेपालमा पनि निकाे हुनेभन्दा संक्रमित हुनेकाे संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप १८८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ७७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको छ।
हाल देशभर १ हजार १ सय २८ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ४ हजार ३२ पीसीआर परीक्षण भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९ पुगेको छ।
काठमाडौं उपत्यकामा थप ९७ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंका ७६, ललितपुरका १६ तथा भक्तपुरका ५ जनामा संक्रमण पुष्टि भएको हो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस