विश्व

अमेरिकामा सशस्त्र व्यक्तिले गोली चलाउँदा प्रहरीसहित १० जनाको मृत्यु

अमेरिकामा कोलोराडो राज्यको बोल्डर सहरमा भएको एउटा गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित १० व्यक्तिले ज्यान गुमाएका छन् ।

एक सशस्त्र आक्रमणकारीले स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार गरेका थिए ।

गोली चल्न थालेपछि आफू जोगिन भागाभाग गरेका थिए ।

प्रेस सम्मेलनमा बोल्दै बोल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले एक सन्दिग्ध व्यक्ति हिरासतमा लिइएको र उनको अस्पतालमा उपचार भइरहेको बताएका छन् ।

उक्त घटना स्थानीय समयानुसार दिउँसो २:३० बजे बजेतिर भएको थियो।

ती सन्दिग्ध व्यक्तिले किङ सूपर्स भनिने किनमेल केन्द्रमा पसेर गोली चलाएका थिए । सो घटनालाई प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा प्रत्यक्ष लाइभ स्ट्रीमिङ गरेका थिए ।

राष्ट्रपति जो बाइडनलाई घटनाबारे जानकारी दिइएको छ । गत महिना बाइडनले हतियार खरिद गर्न चाहने मानिसको पृष्ठभूमिबारे कडाइपूर्वक जाँच गर्नेगरी कानुन ल्याउन सिफारिस गर्ने बताएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत