राजनीति

‘कांग्रेसले सरकार बनाउँदैन, विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन’ : देउवा

फाइल तस्बिर

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा जान आफूहरुले सरकारमा जान हतार नगरेको बताएका छन् ।

आज विराटनगर पुगेका उनले कांग्रेस प्रतिपक्षमै रहने बताए । उनले अहिलेको सरकारलाई स्वीकार गरेरै कांग्रेस अघि बढ्ने बताए ।

तर जिम्मेवारी आए नभाग्ने बताए । कांग्रेसका दिवंगत नेता अशोक कोइरालाका परिवारलाई भेट्न विराटनगर आएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारमा जान हतार नगरेको बताए ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले भने, ‘कांग्रेसले सरकार बनाउँदैन । विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’

उनले कांग्रेस विपक्षी पार्टी भएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि नल्याउने बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत