शिक्षा

ज्योति विकास बैंकले इक्यान सदस्यहरुलाई १५ लाखसम्म बिना धितो ऋण दिने

काठमाडाैं । ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच विभिन्न सेवामा सहकार्य भएकाे छ । 

इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

नेपाल शैक्षिक परामर्श संघ नेपालको सबैभन्दा ठूलो गुणस्तरीय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो ।

आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंककातर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल शैक्षिक परामर्श संघकातर्फबाट इक्यानका अध्यक्ष प्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार बैंकले इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँसम्मको बिना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

यस सम्झौता पश्चात नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई ज्योति विकास बैंकको कर्जा सेवाले थप सहजत प्रदान गर्नेछ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

हालसम्म बैंकले ३ लाखभन्दा बढि खाताबाट करिब रु. ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिबरु .३९ अर्ब लगानी गर्न सफल भएको बैंकले जनाएकाे छ ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत