स्वास्थ्य

काेराेना अपडेटः थप ३ जनाकाे मृत्यु, १५० संक्रमित थपिए

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर १५० जनामा कोरोना संक्रमित थपिएका छन् । 

साेमबार थपिएकासँगै कूल संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको छ। पछिल्लो २४ घण्टामा ९९ संक्रमित निको भएका छन् ।

कूल संक्रमितमध्ये २ लाख ७२ हजार २० जना निको भइसकेका छन्। 

गाउँ सहर संवाददाता

तपाईँको मत