लगातार तीन दिन बढेकाे नेप्से परिसूचक साेमबार २४ अंकले घट्याे
- गाउँ सहर संवाददाता
- ९ चैत सोमबार, २०७७ | १५:४५:०० मा प्रकाशित
काठमाडाैं । लगातार तीन दिन बढेकाे नेप्से परिसूचक साेमबार २४.०५ अंकले घटेर २५१४.४० विन्दुमा झरेको छ ।
सोमबार २११ वटा कम्पनीको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता शेयर ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँमा खरिद बिक्री भएको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स ४.७९ अंक घटेर ४४८.८० विन्दुमा झरेको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ।
यसदिन अपर तामाकोशी र चन्द्रागिरि हिल्सको शेयर सर्किट लेभलमा कारोबार भएको छ । प्रुडिन्सियल इन्स्योरेन्स, सपोर्ट माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य घटेको छ ।
सबैभन्दा धेरै अपर तामाकोशीको ४६ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यो दिनको कारोबारमा होटल तथा पर्यटन र जलविद्युत् बाहेकको उपसमूह राताम्मे भएको छ । आइतबार घटेको जलविद्युत् कम्पनीको सेयर मूल्य सोमबार भने बढेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस