राजनीति

राजनीतिक संकटको समाधान संसद मात्र : अध्यक्ष लाेहनी

नुवाकाेट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान राजनीतिक संकटको समाधान संसद मात्र रहेको दोहोर्‌याएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई विश्वासमा लिएर अगाडि बढनुपर्ने बताएका छन् ।

नुवाकोटको शिवपुरीमा राप्रपाको भेलालाई सम्बाेधन गर्दै अध्यक्ष लाेहनीले सरकारको काम गराइ र भनाइमा विल्कुलै तादम्यता नमिलेको कारण बितेको तीन वर्षमा नेपाली जनता निराश भएको उनले बताए । पाँच वर्षको लागि गठन भएको स्थिर सरकारले राजनीतिलाइ थप अस्थिरतातर्फ धकेलेको बताउदै यस्तै अवस्था भइरहे मुलुकमा डरलाग्दो अवस्था आउनेसमेत बताए ।

आर्थिक सूचांकहरु सन्तोषजनक नहुनु, राजनीति अस्थिर हुनु, सरकारलाई विदेशी दातृ राष्ट्रहरुले विश्वास गर्न छोडनु राम्रो संकेत नरहेको उनले भनाइ छ । आफ्नो घरझगडाका कारण नेकपा (एमाले) ले मुलुकमा नाटक मन्चन गरिरहेकोप्रति कटाक्ष गर्दै जनताको जीविकाको सवालमा चिन्ता र चासो लिनुको सट्रटा सरकार आफ्ना विरोधीलाई तह लगाउनेमा मात्र केन्द्रीत रहेको उनले बताए ।

एक फरक प्रसंगमा उनले नुवाकोटको सर्वाङ्गीण विकासको लागि आफू सत्तामा रहँदा वा नरहँदा सदैव क्रियाशील रहेको बताउदै जिल्लाका सबै ठूला विकास निर्माणमा आफ्नो योगदान कतै न कतै रहेको औँल्याए ।

छहरे टोखा होस् कि त्रिशुली गल्छी जिल्लाको विकासमा कायापलट गर्ने महत्त्वपूर्ण योजनामा आफ्नो योगदान रहेको र आफ्नो जिवनमा कहिले आर्थिक अनियमितता नगरेको समेत दाबी गरे । आवश्यक पर्दा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न तयार रहेको बताउदै अरु नेताले पनि यो आँट र हिम्मत गर्न उनले चुनौती दिए ।

उनले राजसंस्था सहितको हिन्दु राष्ट्र स्थापनाको लागि राप्रपा प्रतिवद्ध रहेको बताउदै स्थानीय तहमा हुने भ्रष्टाचार विरुद्धमा स्थानीय कार्यकर्तालाई निर्मम ढंगले प्रस्तुत हुन समेत निर्देशन दिए ।

कार्यक्रमलाई राप्रपाका अन्य केन्द्रीय नेताहरु झनक प्याकुरेल, भरत पाठक, जनक पाठक, सुन्दर पान्डे, नानीमैँया आचार्य, राजु थापा लगायतले सम्बाेधन गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत