माधव नेपालसहित चार नेतालाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र
- गाउँ सहर संवाददाता
- ९ चैत सोमबार, २०७७ | १३:५०:०० मा प्रकाशित
काठमाडाैं । नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तीन अन्य नेतालाई ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ ।
एमालेका कार्यालय सचिव ईश्वरी रिजालका अनुसार नेताहरूका घरमा नै एमालेका कार्यालय सहयोगीले पत्र पुर्याएका हुन् ।
एमालेको माधवकुमार नेपाल पक्षले गत साता राष्ट्रिय कार्यकर्ता भेला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूह शनिबारको बैठकमा गएको थिएन ।
पार्टीले पूर्व महासचिव नेपालबाहेक एमालेका उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे र उपमहासचिव घनश्याम भुसाललाई पनि स्पष्टीकरण पत्र पठाएको रिजालले जानकारी दिए ।
शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
बैठकमा ओली पक्षधर केन्द्रीय सदस्यहरू सहभागी थिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस