गाउँ सहर

ग्याँस सिलिन्डर पड्किँदा खाजा खाइरहेकासहित ६ जना घाइते

काठमाडौं । भक्तपुरमा ग्याँस सिलिन्डर पड्किँदा ६ जना घाइते भएका छन् । भक्तपुर सूर्यविनायक–५ को सिर्जनानगरस्थित खाजा पसलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आइतबार बेलुका सिलिन्डर पड्किएर आगलागी भएको थियो । घाइते हुनेमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई दधिकोट टीकाराम बस्नेत, उनका कोटेश्वर बस्ने राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन् ।

यस्तै, झापा विश्वशान्ति गाउँपालिका–२ घर भई सल्लाघारी बस्ने आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक– ५ कटुन्जे बस्ने विकास पौडेल र सोही ठाउँ बस्ने हिमुन्स थापा पनि घाइते भएका छन् । उनीहरुको कीर्तिपुर बर्न सेन्टर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत