'पानीलाई महत्व दिउँ' भन्ने नाराकासाथ विश्व जल दिवस मनाइँदै
- गाउँ सहर संवाददाता
- ९ चैत सोमबार, २०७७ | ०८:०८:०० मा प्रकाशित
काठमाडाैं । पानी छैन त जिन्दगानी छैन् । आज विश्व जल दिवस हाे । मार्च २२ काे दिनलाई विश्व जल दिवसकाे रुपमा मनाइँदै आएकाे छ । 'पानीलाई महत्व दिउँ' "Valuing water" भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरि याे दिवस मनाइँदैछ ।
पानीमा रहेको पर्यावरणीय, सामाजिक र साँस्कृतिक महत्व बुझ्न र बुझाउन आज कार्यक्रम हुँदै छन् । अव्यवस्थित विकास निर्माणका कारण भविष्यमा पानीको संकट पर्न सक्ने भन्दै यस बारे सचेतना जगाउन सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र संघको भेलाले जल दिवस मनाउने घोषणा गरेको थियो । त्यस पछि सन् १९९३ देखि यो दिवस मनाउन थालिएको हो ।
विभिन्न अध्ययनका अनुसार पृथ्वीको झण्डै तीन चौथाई हिस्सा पानीले भरिएको छ । तर, यसमध्ये तीन प्रतिशत मात्रै पानी पिउन योग्य छ । विश्वमा पिउने पानीको समान वितरणमा चुनौती थपिदै गएको छ । विश्वकै जलस्रोतमा दोस्रो धनी देश भनिए पनि नेपालमा पिउने पानीको अभाव छ । पानीका मुहान र स्रोतको संरक्षण नहुँदा समस्या बढ्दो छ ।
बढ्दो शहरीकरणका कारण केन्द्रीय राजधानी काठमाण्डौ उपत्यकामा नै पानीको अभाव छ । उपत्यकाका धेरैजसो धारामा पानी नै आउँदैन । यस्तै, जलवायु परिवर्तनको असरले हिमाल पग्लिन थालेकोले पनि यसको संरक्षणमा चुनौती बढेको छ ।
हाम्रा कुँवा, पँधेरो, पोखरीहरु आदि धेरै पानीका मुहानहरु आज घना बस्तीहरुमा परिणत भइसकेका छन् । बढ्दो् शहरीकरणले पानीको श्रोत र शुद्धता दुबै कुराहरुलाई चुनौति गरिरहेका छन् । आजका दिन यी कुराहरु र तथ्यहरुलाई विष्लेषण गरिन्छ । विश्वमा हुने रोगहरुमध्य सर्वाधिक धेरै रोग सफा पिउने पानी उपलव्ध नहुनाले भएको पाइन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस