स्वास्थ्य

विश्वभर काेराेना संक्रमितमध्ये झण्डै दश कराेड मानिस निकाे, २७ लाखभन्दा बढिकाे मृत्यु

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १३ लाख ४५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ९ करोड ९७ लाख ७८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १२ करोड ३८ लाख ५० हजार नाघेको छ भने मृतकको संख्या २७ लाख २७ हजार ४२८ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९० हजार १८८ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ५ लाख २१ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ५५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड २७ लाख ५४ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७२ लाख १२ हजार जनामा भाइरस सक्रिय छ । 

दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड १९ लाख ९८ हजार जना संक्रमितमध्ये १ कराेड ४ लाख ४९ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ९४ हजारभन्दा बढी छन् । हाल १२ लाख ५४ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १६ लाख ४५ हजार ७१९ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ६० हजार ३ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ११ लाख ४९ हजार ३२४ जना निको भएका छन् । सक्रिय केस ३ लाख ३६ हजार ३९२ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७५ हजार ९०६ जना पुगेका छन् भने २ लाख ७१ हजार ९२१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार १६ पुगेको छ भने ९६९ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत