गाउँ सहर

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३५ निर्णयहरु

काठमाडाैं । सरकारले विभिन्न मितिमा बसेका मन्त्रिपरिषद्का निर्णयहरु आज सार्वजनिक भएको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले फागुन २० गते, फागुन २५ गते र चैत १ गते र चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु आइतबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेका हुन् ।

बैठकले नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गर्भनर नियुक्ती, होटल उद्योगको रुपमा दर्ता भई नवीकरण र कर तिरेका होटल तथा रेष्टुरेण्टलाई चैत ९ गतेदेखि भदौ मसान्तसम्म उद्योगले भुक्तानी गर्नुपर्ने विद्युत शुल्कको शतप्रतिशत र असोज १ देखि माघ मसान्तसम्म ५० प्रतिशत छुट दिने, भुमी सम्बन्धी समस्या समाधान आयोगको रिक्त सदस्य पदमा बाँके जिल्ला नरैनापुर गाउँपालिका वडा नं.२ का बिक्रम यादवलाई मनोनयन गर्ने, केराउ, सुपारी, छोकडा, नधुलाएको मरिच, सवारी साधनको आयातलाई व्यस्थापन गर्ने, गहुँको समर्थन मूल्य तोक्ने लगायतका ३५ वटा निर्णयहरु गरेको छ ।

हेर्नुहोस् विस्तृत विवरणमा :-

गाउँ सहर संवाददाता

तपाईँको मत