स्वास्थ्य
३१ जना आइसियू र ५ जनाको भेन्टिलेटरमा उपचार हुँदै, ९६९ जना आइसोलेशनमा
- गाउँ सहर संवाददाता
- ८ चैत आइतबार, २०७७ | १६:५४:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ७७ नयाँ संक्रमित थपिएका छन् भने १०६ ले स्वास्थ्य लाभ गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ भने स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७१ हजार ९२१ पुगेकाे छ ।
मन्त्रालयका अनुसार देशमा काेराेनाभाइरसका सक्रिय संक्रमितको संख्या ९६९ रहेको छ । अहिलेसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ ।
आजसम्म २२ लाख ३६ हजार ५२६ जनाको पिसिआर टेस्ट भएको छ । देशभरका आइसोलेशनमा ९६९ र क्वारेन्टाइनमा रहनेको संख्या ४८ रहेको छ ।
यस्तै देशभर ३१ जना आइसियू र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस