अर्थतन्त्र

नेप्से ६३ अंकले उकालाे चढ्याे, काराेबार रकममा पनि वृद्धि

 

काठमाडौं । साताकाे पहिलाे दिन सेयर बजारमा उत्साहजक वृद्धि भएकाे छ । 

यस दिन नेप्से परिसूचक ६३.३८ अंकले बढेर २५३८.४७ अंकमा पुगेको छ ।

कारोबार रकम पनि बढेकाे छ । यस दिन २०६ कम्पनीको ८० हजार ९८६ पटकको कारोबारमा ५ अर्ब ९१ करोड ९८ लाख रुपैयाँभन्दा बढीको १ करोड २४ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेपछि लगानीकर्ताहरु उत्साहित भएको छन् ।

आजको कारोबारमा १५७ कम्पनीका सेयरधनीको सम्पत्ति बढ्दा ३८ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ११ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।

आइतबार कारोबारमा आएका ९ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन् । यस दिन स्वरोजगार लघुवित्त, मिथिला लघुवित्त, सूर्योदय लघुवित्त, सामुदायिक लघुवित्त, समिट माइक्रोफाइनान्स, चन्द्रगिरी हिल्स, किसान लघुवित्त, स्वाभिमान लघुवित्त र युनाइटेड इदी मार्दीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा ग्रीनलाइफ हाइड्रोपावर, खानीखोला हाइड्रो, जोशी हाइड्रो, घलेम्दी हाइड्रो, दिव्यश्वरी हाइड्रो, नबिल प्रगति फण्ड, हिमालयन उर्जा विकास कम्पनी, युनियन हाइड्रो, राइर्याङ हाइड्रोपावर र अरुण भ्याली हाइड्रो कम्पनी छन् ।

कारोबार रकमका आधारमा यस दिन नेपाल बङ्गलादेश बैंकको शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ३९ करोड ९० लाख २२ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत