दिगोविकास

सुनचाँदी दुबैको मूल्य बढ्याे

काठमाडाैं । साताको पहिलो दिन सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदीको व्यवसायी महासंघका अनुसार सुन तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढोत्तरी भएको हो ।

यससँगै चैत ८ गते, आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८७ हजार २०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार ७५० रुपैयाँ र चाँदी तोलाको १ हजार २८० रुपैयाँ भाउ निर्धारण गरिएको छ ।

शुक्रबार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा खरीद बिक्री भएको थियो । शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले घटेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत