गाउँ सहर

हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको गयाे

चितवन । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका(१३ उजेलीनगर घर भएर त्यही ठाउँको गङ्गानगरमा भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।

इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः ०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै ज्यान गएको हो । यस्तै हात्तीले त्यस ठाउँका तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।

हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो । 

गाउँ सहर संवाददाता

तपाईँको मत