विश्वभर हालसम्म १२ कराेड ३४ लाख काेराेनाभाइरस संक्रमितमध्ये ९ लाख ९४ हजार जना निकाे
- गाउँ सहर संवाददाता
- ८ चैत आइतबार, २०७७ | ०७:५०:०० मा प्रकाशित
काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १२ लाख ९१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ९ करोड ९४ लाख ११ हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १२ करोड २८ लाख ८७ हजार नाघेको छ भने मृतकको संख्या २७ लाख २१ हजार ४२४ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८९ हजार २९५ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४ लाख ८२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ५४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड २६ लाख ८३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७२ लाख ४३ हजार जनामा भाइरस सक्रिय छ ।
दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड १९ लाख ५० हजार जना संक्रमितमध्ये १ कराेड ४ लाख १९ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ९२ हजारभन्दा बढी छन् । हाल १२ लाख ३८ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।
छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १५ लाख ९८ हजार ७१० जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५९ हजार ७९० जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ११ लाख २८ हजार ११९ जना निको भएका छन् । सक्रिय केस ३ लाख १० हजार ८०१ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
नेपालमा भाइरस संक्रमित २ लाख ७५ हजार ८२९ जना पुगेका छन् भने २ लाख ७१ हजार ८१५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार १६ पुगेको छ भने ९९८ जना उपचाररत छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस