आगामी बजेटमा कोभिड प्रभावित उद्योग व्यवसाय केन्द्रित कार्यक्रमहरु ल्याउन उपाध्यक्ष ढकालकाे जाेड
- गाउँ सहर संवाददाता
- ७ चैत शनिबार, २०७७ | २०:२१:०० मा प्रकाशित
इटहरी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा कोभिड–१९ को महामारीबाट प्रभावित उद्योग व्यवसायलाई उकास्ने गरी कार्यक्रमहरु ल्याउनुपर्ने बताएका छन् ।
शनिबार उद्योग वाणिज्य संघ इटहरीको २२औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ को महामारीका कारण मुलुकको अर्थतन्त्रले धेरै ठूलो क्षति ब्यहोर्नुपरेको र गत वर्षको बजेट तथा मौद्रिक नीतिले समेट्न बाँकी क्षेत्रलाई समेट्ने गरी आगामि वर्षको बजेट आउनुपर्ने बताएका हुन् ।
“गत वर्षको बजेट तथा मौद्रिक नीतिले केही हदसम्म भएपनि कोभिड प्रभावित उद्योग व्यवसायलाई राहत दिन खोजिएको थियो । तर पनि यसले धेरै क्षेत्रलाई समेट्न सकेको छैन । यस वर्ष बजेट बनाउँदा कोभिड प्रभावित उद्योग व्यवसायलाई उकास्नेखालका थप नीति तथा कार्यक्रमहरु बनाउनु जरुरी छ,” उनले भने ।
प्रादेशिक संरचनामा गइसकेपछि मुलुकमा लगानीको वातावरण बन्दै गएको बताउँदै ढकालले अझै पनि केन्द्र, प्रदेश तथा स्थानीयतहबाट एकै प्रकारका करहरु लिने गरेको हुँदा व्यवसायीहरु दोहोरो करको मारमा परेको बताएका छन् ।
“नयाँ संविधानको निर्माणसँगै मुलुकमा धेरै हदसम्म शान्ति, स्थिरता र विकासको वातावरण बनेको छ । संघीय संरचनामा स्थानीय तहहरुबीच विकासका लागि हुने प्रतिष्पर्धाले हामीलाई उत्साहित पारेको छ । तर पनि केही पुराना संरचना तथा नीतिका कारण अझैपनि हामीले खोजेजस्तो लगानीको वातावरण बन्न सकेको छैन । यसका लागि महासंघले सरकार तथा सरोकारवाला निकायलाई घच्घचाउने नै छ,” उनले भने ।
उनले अहिले बजेटको निर्माणको प्रकृया सुरुभएकोले यससम्बन्धी हुने छलफलमा निजीकोतर्फबाट आफ्ना एजेन्डाहरु राख्न उद्योगी व्यवसायीहरुलाई आग्रह समेत गरे ।
वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याज दर एकल अङ्कमा आएको र कोभिड–१९ को प्रकोप पनि विस्तारै कम हुदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको बताएका छन् ।
जिल्ला नगरका साना व्यवसायिहरुका समस्या समाधानमा जिल्ला नगरका नेतृत्वमा रहेका व्यवसायी साथीहरु आफैमा पनि सक्षम रहेको बताउँदै उनले जिल्ला-नगरका उद्योगी, व्यवसायीहरुका समस्या समाधानका लागि जिल्ला नगरका व्यवसायीहरुसँग होस्टेमा हैँसे गर्न महासंघको नयाँ नेतृत्व सधै तत्पर रहेको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस