वातावरण

शैलुङ्गमा फोहोरमैला सिसा र प्लास्टिकजन्य पदार्थ निषेधित क्षेत्र घोषणा

रामेछाप । शैलुङ्ग क्षेत्रमा सिसा, प्लाष्टिक तथा फोहोरमैलाजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरिएको छ । 

दोरम्बा गाउँपालिकाले शनिबार शैलुङ्ग सरसफाई तथा प्लाष्टिक सिसा बाेलत निषेधित क्षेत्र घाेषणा कार्यक्रम आयोजनासहित उक्त निर्णय गरेकाे पश्चिमी रामेछाप पर्यटन विकास केन्द्रका अध्यक्ष दावा सङ्बु शेर्पाले जानकारी दिए ।

रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङ्ग आन्तरिक एवं वाहय पर्यटकको उद्गम थलो हो । त्यस अनुरूप पर्यटकको चापसँगै शैलुङ्गमा हुने फोहोरलाई मध्येनजर गरी व्यवस्थापनसँगै निषेधित क्षेत्र घोषणा गरेका हुन् । यसभन्दा अगाडी पनि बेला बेलामा शैलुङ्ग खोलाखर्क सामुदायिक होमस्टे प्रवर्धन समिति र शैलुङ्ग चौँरीपालक कृषक समूहले सरसफाई गर्दै आएका थिए ।

शैलुङ्ग क्षेत्र पर्यटन प्रवर्धनमा श्री पश्चिमी रामेछाप पर्यटन विकास केन्द्र दोरम्बाले थप पर्यटन प्रवर्धनमा थप योजना तय गर्दै विविध कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

दोरम्बा गाउँपालिका, दोरम्बा सैनिक गुल्म, प्रहरी चौकी दोरम्बा, काकलिङ्ग माध्यामिक विद्यालय दोरम्बा, कन्ठेश्वर माध्यामिक विद्यालय टोकरपुर, दोरम्बा बोर्डिङ, दलीय प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, होमस्टे प्रर्वधन समिति, पर्यटन प्रवर्धन समिति, सञ्चारकर्मी, होटल व्यवसायीहरुको सामूहिक उपस्थितीमा शैलुङ्ग सरसफाई लगायत फोहोरमैला निषेधित क्षेत्र घोषणा गरेकाे हाे ।

शैलुङ्ग क्षेत्र दोरम्बाको खोलाखर्क र दोलखाको कालापानीबाट मुख्य दुई वटा नाकाहरू छन् भने दोलखाको कालापानी क्षेत्रबाट फोहोर व्यवस्थापनमा ठाउँ ठाउँमा रबिस बक्स खडा गरेपनि खासै फोहोर व्यवस्थापन नभएको जन गुनासो छ । यसमा दुवै गाउँपालिकाको उतिकै भूमिका देखिन्छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कमानसिं माेक्तान, उपाध्यक्ष कृश्चला घिसिङ, नेकपाको नेता हिरा श्रेष्ठ, होमस्टे प्रवर्धन समिति केन्द्रीय सदस्य मविन थिङ्ग, पश्चिमी रामेछाप पर्यटन प्रर्वधन समिति दोरम्बाका अध्यक्ष दावा सङ्बु शेर्पाले शैलुङ्ग सरसफाई संरक्षण, प्रवर्धनमा सेवा क्षेत्र सबैको भूमिका रहेको बताएका थिए ।

शैलुङ्ग क्षेत्र पर्यटन प्रवर्धन अर्न्तगत खोलाखर्कमा गेट, सिँढीमा रेलिङ्ग निर्माण भइसकेको छ भने स्मारिका पार्क, होमस्टे सुधार जस्ता कार्य यस वर्ष नै सम्पन हुने पालिका अध्यक्ष कमानसि मोक्तानले बताए ।

शैलुङ्गमा सम्पन्न हुन लागेको भव्य विश्व शान्ति पूजालाई मध्यनजर गरी सरसफाईसमेत गरिएकाे थियाे ।

गाउँ सहर संवाददाता

तपाईँको मत