स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ७९ जना कोरोना संक्रमित थपिए, ८२ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ८२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ८१५ पुगेको छ ।

हाल देशभर ९ सय ९८ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६ पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत