दिगोविकास

नेपाल पक्षका तीन जना सांसदहरु ५ बुँदे असहमतिपत्र र ३८ जनाको हस्ताक्षर बाेकेर बालुवाटार

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका तीन जना सांसदहरु बालुवाटार पुगेका छन् । उनीहरु सो पक्षका ३८जना सांसदकाे हस्ताक्षर र ५ बुँदे असहमतिपत्र बोकेर बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा बसेको बैठकलाई नेपाल पक्षले बहिस्कार गरेको छ। नेपाल पक्षको तर्फबाट विभिन्न पाँच सवाल उठाएर सांसदहरु सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बालुवाटार पुगेका हुन् । 

पत्रमा प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना भएको बैठकप्रति असहमति जनाइएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत