स्वास्थ्य

कागेश्वरी मनाेहरामा ॐ चाबहिल डेन्टल हस्पिटलको नि:शुल्क दन्त शिविर

काठमाडाैं । ॐ चाबहिल डेन्टल हस्पिटलले काठमाडाैंकाे कागेश्वरी मनाेहरामा सञ्चालन गरेको नि:शुल्क दन्त शिविरबाट एक सय ३० जनाले सेवा लिएका छन् ।

हस्पिटलल मनाेहरा आलापाेटकाे नाथेश्वरी आधारभूत विद्यालयमा शुक्रवार नि:शुल्क दन्त शिविर सञ्चालन गर्ने भएको हो । 

शिविरमा दाँत तथा अनुहारकाे सम्पूर्ण उपचार नि:शुल्क गरिएकाे ॐ चाबहिल डेन्टल हस्पिटलका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए ।

अध्यक्ष घिमिरेका अनुसार शिविरमा दाँत परीक्षण, सफा गर्ने, दाँत निकाल्ने लगायत आँखा, स्तन तथा पाठेघर क्यान्सरको बिरामीहरूको उपचार तथा परामर्श दिइनुका साथै ब्रस मन्जन पनि बाँडिएकाे थियाे । 

नयाँपाटी बचत तथा ऋण सहकारी संस्था र सहयाेगी साथी नेपाल युवा जागरण अभियानले काठमाडाैं, सहयाेगी साथी नेपाल र राेटरी क्लब अफ राजधानीकाे आयाेजना सहकार्यमा शिविर सम्पन्न भएकाे थियाे ।

स्थानीय तहमा पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा विभिन्न जिल्लामा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको डेण्टलका प्रबन्धक निर्देशक अनिल शर्माले बताए । 

हस्पिटलले शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको छ । सञ्चालनमा आएको छोटो समयमै हस्पिटलले सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत