स्वास्थ्य

काेराेनाभाइरसले विश्वभर हालसम्म २७ लाख बढिकाे ज्यान लियाे, ८९ हजार सिकिस्त

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ११ लाख ३० हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ९ करोड ९० लाख ४२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १२ करोड २८ लाख ८७ हजार नाघेको छ भने मृतकको संख्या २७ लाख १३ हजार ४७३ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८८ हजार ३४८ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४ लाख २५ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ५४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड २६ लाख १० हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७२ लाख ६१ हजार जनामा भाइरस सक्रिय छ । 

दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड १८ लाख ७७ हजार जना संक्रमितमध्ये १ कराेड ३ लाख ८३ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ९० हजारभन्दा बढी छन् । हाल १२ लाख ३ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १५ लाख ५४ हजार ८९५ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५९ हजार ५९४ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ११ लाख ५ हजार १४९ जना निको भएका छन् । सक्रिय केस २ लाख ९० हजार १५२ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७५ हजार ७५० जना पुगेका छन् भने २ लाख ७१ हजार ७३३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार १६ पुगेको छ भने १ हजार १ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत