अर्थतन्त्र

सुन तथा चाँदीको भाउ सस्तियाे

काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले सस्तो भएको छ ।

बिहीबार ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८६ हजार दुई सय ५० रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत