आजदेखि खुल्याे सिंगटी हाइड्रोको आईपीओ
- गाउँ सहर संवाददाता
- ६ चैत शुक्रबार, २०७७ | ०९:१८:०० मा प्रकाशित
काठमाडाैं । सिंगटी हाइड्रो इनर्जी लिमिटेड आज (चैत ६ गते) सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्कासन गरेकाे छ ।
कम्पनीले २९ लाख कित्ता साधारण शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्कास गरेकाे हो ।
निस्कासित आईपीओमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । बाँकी रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन सकिनेछन् ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ ।
सो शेयर खरिदका लागि चैत १० गतेसम्ममा आवेदन दिनुपर्नेछ। त्यस अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा चैत २० गतेसम्म म्याद थप हुनेछ ।
कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब १ करोड ५० लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट १४ करोड ५० लाख रुपैयाँ र सर्वसाधारणबाट २९ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।
योसंगै संस्थापक शेयरधनीको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने प्रत्याभुतकर्तामा प्रभु क्यापिटल र नेपाल बंगलादेश क्यापिटल रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
प्रतिकृया दिनुहोस