खेल

'सी' डिभिजन लिग फुटबलमा आज यी चार टीम खेल्दैछन्

काठमाडौं । एन्फा कम्प्लेक्स सातदोबाटोमा चलिरहेकाे सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

जसमध्ये पहिलो खेलमा सानेपा युथ क्लब र सामाजिक युवा क्लबबीचको खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ । 

यस्तै दोस्रो खेलमा मनोहरा युनाईटेड क्लब र सानोगौचरण युथ क्लबबीच दिउँसो ३:३० बजे सुरु हुनेछ ।

आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।

यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत