प्रतिनिधि सभा

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाकाे बैठक आज बस्दैछ । आज (शुक्रबार) बस्ने संसद बैठकको सम्भावित कार्यसूची प्रकाशित भएको छ ।

संसद् सचिवालयले भोलिका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची प्रकाशित गरेको हो ।

सांसदहरु अनुपस्थितिको सूचनाहरु स्वीकृतिको लागि प्रस्तुत हुने, प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोग र मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र पूर्व राष्ट्रियसभा सदस्य एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची तय भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत