स्वास्थ्य

३२५४ जनाको पीसीआर परीक्षण गर्दा १०७ जनाको नतिजा पोजेटिभ (पूर्णविवरण)

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का १०७ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार २५४ जनाको पीसीआर परीक्षण गरिएकोमा १०७ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ६१० पुगेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण  मृत्यु हुनेको संख्या तीन हजार १५ पुगेको छ ।

हाल देशभर एक हजारजना आइसोलेसनमा र ५२ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत