अर्थतन्त्र

नेप्से परिसूचक करिब ४३ अंक बढ्याे, काराेवार रकममा पनि वृद्धि

काठमाडौं । साताकाे अन्तिम काराेवार दिन नेप्से परिसूचकमा वृद्धि भएकाे छ । धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक बिहिबार ४२.९५ अंकले बढेको छ । बिहिबारको कारोवारपछि नेप्से २ हजार ४७५.०९ मा पुगेको छ ।

यस दिन बजारमा २१३ कम्पनीको ५७ हजार ७४२ पटकको कारोबारमा ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यो बुधबारको तुलनामा १ अर्बभन्दा बढी हो ।

कारोवार भएका १३ उपसमूह मध्ये व्यापार उपसमूहको मात्रै सेयर मूल्य ओरालो लाग्यो ।

यस्तै, नेपाल पूर्वाधार बैंक २१ करोड ६६ लाख ९५ हजार २७८, नेपाल लाइफ इन्स्योरेन्स १३ करोड ४४ लाख ९५ हजार ८६६, नेपाल पुनरबीमा कम्पनी १२ करोड ३६ लाख ५६ हजार १६६ र माथिल्लो तामाकोशी १२ करोड १२ लाख ८३ हजार १७७ बराबरको कारोवार भयो ।

नेप्सेका अनुसार युनाइटेड इदी मर्दी हाइड्रोपावर र ग्रीन लाइफ हाइड्रोपावरका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । 

त्यस्तै, जोशी हाइड्रोपावर ६.८५, आँखु खोला हाइड्रोपावर ६.३३, दिव्यश्वरी हाइड्रोपावर ५.३४ , खानीखोला हाइड्रोपावर ५ र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ४.५५ प्रतिशतले गुमाए ।

कारोबार रकमका आधारमा यस दिन नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ । नबिल बैंकसँग मर्जरको हल्लाले यस बैंकको शेयर कारोबार बढेको हो । सो बैंकको यस दिन ७६ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २१ करोड ६२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत