अर्थतन्त्र

सुन प्रतितोला ८७ हजार नाघ्याे

काठमाडाैं । बुधबार बढेकाे सुनको भाउ दाेस्राे दिन पनि वृद्धि भएको छ ।

बिहीबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सुन तोलामा ३०० रुपैयाँमा उकालो लागेर प्रतितोला ८६ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार सुनसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले बढोत्तरी हुँदा प्रतितोला एक हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार भने चाँदीको भाउ प्रतितोला १० रुपैयाँले गिरावट भएर एक हजार २७० रुपैयाँ तोकिएको महासंघको तथ्यांकमा उल्लेख छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत