युरोपमा कोरोनाको दोस्रो लहरको चेतावनी, ब्राजिलमा बुधबारमात्र ९० हजार बढी संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- ५ चैत बिहीबार, २०७७ | ११:४२:०० मा प्रकाशित
काठमाडौँ । विश्वमा कोरोना कहर घट्दै गएको भनिएपनि व्यवहारमा झनै डरलाग्दो रुप देखिन थालेको छ । बुधबारमात्र ब्राजिलमा ९० हजार ८३० जना नयाँ संक्रमित थपिएका छन् । यो आंकडा अहिलेसम्मकै सबैभन्दा उच्च हो ।
भाइरसका कारण अमेरिकापछि ब्राजिल हुँदै भारत र रुस सबैभन्दा प्रताडित राष्ट्र बनेका छन् । केहि समय संक्रमितको दरमा थामिएको देखिएपनि अहिले पुनः बढ्न थालेसंगै चिन्ता थपिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।
विश्वमा कोरोना संक्रमितको संख्या १२ करोड नाघ्दा केवल अमेरिकामा ३ करोड माथि, ब्राजिलमा १ करोड १७ लाख माथि, भारतमा १ करोड १४ लाख माथि र रशियामा ४४ लाख माथि संक्रमित पुगेका छन् जुन सबैभन्दा उच्च र खतराकाे संकेत हो ।
भाइरसबाट मृत्युको कुरा गर्दा अमेरिकामा अहिलेसम्म ५ लाख ५० हजार ६४९, ब्राजिलमा २ लाख ८५ हजार १३६, भारतमा १ लाख ५९ हजार २५० र रशियामा ९३ हजार ३६४ रहेको छ ।
विशेषज्ञले युरोपियन देशमा कोरोनाको दोस्रो लहरको चेतावनी पनि दिएका छन् । उनीहरुका अनुसार फ्रान्स, पोल्याण्ड र जर्मनीसमेत अन्य देशमा पछिल्ला केहि दिनमा कोरोनाको केश अत्यन्तै बढिरहेको छ । उनीहरुले भर्खरै एस्ट्राजेनेकाको कोरोना खोपमा लगाएको रोकले खतरा झनै बढाउनसक्ने भनेर चिन्ता व्यक्त पनि गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस