खेल

'सी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदै

काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।

समूह 'ए' मा रहेका खालीबारी र समाजबीचको खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ ।

पहिलो खेलमा खालीबारीले झापा एफसीलाई २-१ ले हराएको थियो । समाज कल्याणले सानो गौचरण युथ क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै दोस्रो खेलमा ओसिस क्लब र स्वयम्भु क्लबबीच खेल हुनेछ ।

ओसिस र स्वयम्भुबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ । अघिल्ला खेलमा दुबै टिम पराजित भएको थियो 

गाउँ सहर संवाददाता

तपाईँको मत