स्वास्थ्य

विश्वभर १२ कराेड १८ लाख जना काेराेना संक्रमित हँदा २६ लाख ९१ हजारले ज्यान गुमाए

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ९ लाख १३ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ९ करोड ८१ लाख ९८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १२ करोड १८ लाख ३ हजार नाघेको छ भने मृतकको संख्या २६ लाख ९१ हजार ८१३ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८८ हजार ८७१ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड २ लाख ९४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ५० हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड २४ लाख ४७ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७२ लाख ९६ हजार जनामा भाइरस सक्रिय छ । 

दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड १७ लाख जना संक्रमितमध्ये १ कराेड २ लाख ८७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ८५ हजारभन्दा बढी छन् । हाल ११ लाख २८ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १४ लाख ७४ हजार ३०२ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५९ हजार २५० जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड १० लाख ६१ हजार १७९ जना निको भएका छन् । सक्रिय केस २ लाख ५३ हजार ८८२ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७५ हजार ५१८ जना पुगेका छन् भने २ लाख ७१ हजार ५५० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार १४ पुगेको छ भने ९५४ जना उपचाररत छन्  ।

गाउँ सहर संवाददाता

तपाईँको मत