स्वास्थ्य

सबै खुल्याे ! नविर्साैँ काेराेना सकिएकाे छैनः मास्क अनिवार्य लगाउँ, हेलचेक्राइँ नगराैँ

काठमाडाैँ । नेपालमा पछिल्लो तथ्यांकनुसार देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ५५० छ । हाल देशभर ९५४ सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ ।

देशभर अहिले सबै खुला छ कुनै बन्देज छैन । क्रमशः संक्रमितकाे संख्या घट्दै गएकाे छ । खाेप कार्यक्रमपनि चलिरहेकाे छ । यहि कारणले हुनसक्छ हाम्राे बानी ह्वात्तै परिवर्तन हुँदै जान थालेकाे छ । हामीले दुःख विर्सँदै जान थालेका छाैँ । मुखाैटाे जथाभावी खाेल्न थालेका छाैँ । काठमाडाैँबाहेकका स्थानमा त प्रयाेग घटेकाे छ । सेनिटाइजरकाे प्रयाेगपनि घट्न थालेकाे छ भने भीड नियन्त्रणभन्दा बहिर गएका छन् । याे अवस्थामा हामी के दाेस्राे लहरबाट खतरा नभएका हाैँ ? भन्ने प्रश्न उठेकाे छ ।

सानोमात्र गल्ती दोहोर्याउँदा र हेलचेक्राइँ बढ्दा नजिकको छिमेकी भारतका महाराष्ट्र र केरलमा पुनः लगडाउन र निषेधाज्ञा जारी गरिएका छन् । संक्रमितको संख्या घट्दै जाँदा आम बानीमा परिवर्तन आउनाले भारतमा पुनः लकडाउनको सामना गर्नुपरेको छ । यस्तै विश्वका माहिर राष्ट्रहरूमा पनि देखिएकाे छ ।

काेराेनासँग भाग्ने हाेइन, भीड्ने भएर निस्कनु छ । कहिले यसकाे अन्त्य हुन्छ थाहा छैन । यहि भएरपनि हाेशियारीपूर्वक र नियममा रहेर जीवन जिउनकाे विकल्प छैन । संस्था, यातायात, स्कूल-कलेज, अन्य कार्यालय, भीड हुने क्षेत्रमा हामी चनाखाे रहनैपर्छ । सचेत रहन सकेमात्र काेराेना हार्छ नत्र दाेहाेरिइरहन्छ । अल्छि नगराैँ भाइरस भगाउने अत्यावश्यक चिज र जाेगिने उपकरणकाे प्रयाेगमा अल्छि र खर्च हुन्छ भन्ने नसाेचाैँ । सानाे गल्तिले ठूलाे नियति भाेग्नुपर्ने कुरालाई प्रत्येक पल्समा मनन गराैँ ।

१२ करोड मानिसहरु भाइरसको चपेटामा परेका छन् । यसकारण पनि सचेतना र सुरक्षाको स्तर कम गरियो भने दुर्घटना झनै बढ्न सक्ने वैश्विक स्वास्थ्य संस्थाहरुले बताइरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसै सन्दर्भमा नयाँ-नयाँ निर्देशनहरु जारी गरिरहेको छ । उसले जारी गरेको पछिल्लो निर्देशनले आफन्त घरमा आउँदा वा भेट हुँदा पनि मास्क अनिवार्य लगाउनुपर्ने र सामाजिक दुरीको पालना गर्नैपर्ने बताएको छ ।

उसका अनुसार, हामी घरभित्र र मानिसहरु आवतजावत गरिरहन्छन भने मास्क अनिवार्य लगाउनु पर्छ । चारैतिर बन्द स्थानमा यदि भेन्टिलेसन छैन भने मास्क अनिवार्य हुन्छ । नयाँ निर्देशन अनुसार, संक्रमण कम गर्नको लागि मास्क अनुहारमा फिट हुनु पर्दछ । खुकुलो बनाउनु हुँदैन । यदि तपाईं घर, स्कूल या संस्थान कोरोनाको उच्च जोखिममा छ भने मास्क अनिवार्य लगाउनु पर्छ । भौतिक दुरी नभएका स्थानमा सचेत रहनुहोस् कम्तिमा १ मिटरको दुरी अनिवार्य गर्नुहोस् । हात धुन नबिर्सनुहोस् । कुनै चिज छोएपछि त हात धुनै पर्छ ।

डब्लूएचओको नयाँ निर्देशन अनुसार, यदि तपाईं जिम जानुहुन्छ भने मास्क नखोल्नुहोस् । ५ वर्ष भन्दा कम उमेरका बच्चाले मास्क अनिवार्य लगाउनुहोस् । १२ वर्ष भन्दा बढि उमेरका बच्चा यदि जोखिम समूहमा छन भने भौतिक दुरी अवश्य पालना गर्नुहोस् । बन्द कोठामा भए, भीड हुने स्थान भए मास्क अवश्य लगाउनुहोस् ।

‘तपाईंको मास्क खै ?’ अभियान निरन्तर राखाैँ । नलगाएकालाई हकाराैँ, नसक्नेलाई किनेर दिउँ । सेवा भाव नघटाउँ, बरू बढाउँ । स्ंक्रमणले ठूलाे-सानाे भनेकाे छैन । सुरक्षामा कम्परमाइज नगराैँ । भीड देखेर, अर्कालाई हेरेर आफ्नाे याेजना नविर्साैँ ।

याेपनि पढ्नुहाेस्

  1. २० देखि ४० वर्षका युवामा द्रूतगतिमा फैलिइरहेको कोरोना संक्रमण, बिना मास्क कसैसँग १५ मिनेटपनि कुरा नगर्नुहोस्
  2. कोरोनाकालको हतियार ‘मास्क’ कसरी डिस्पोज गर्ने ?
  3. विश्व स्वास्थ्य संगठनको सुझाव- कपडाकै भएपनि मास्क लगाउनुस्
  4. विज्ञ भन्छन् : पटक-पटक मास्क हटाउने बानी खतरनाक, फैलनसक्छ संक्रमण
  5. कोरोनाभाइरस : कुन मास्क तपाईंले प्रयोग गर्ने ?

गाउँ सहर संवाददाता

तपाईँको मत