गाउँ सहर

साग टिप्न गएकी एक महिलालाई बाटेबाघले आक्रमण गरी लग्याे

बर्दिया । बर्दियामा निगुराेकाे साग टिप्न गएकी एक महिलालाई बाटेबाघले आक्रमण गरी लगेकाे छ । 

पाटेबाघको आक्रमणमा परी मंगलबार दिउँसो बर्दियामा ती महिला बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा ठाकुरबाबा नगरपालिका वडा नं. ७ मोहनपुर कि ५५ वर्षीया डल्ली रावत रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।

निगुरोको साग टिप्न गएका तीन जना महिला मध्ये रावतलाई पाटेबाघले आक्रमण गरी लगेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाका अनुसार बेपत्ता महिलाको खोजी भइरहेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र आसपास र खाता जैविक करिडोरमा यस वर्ष मात्रै बाघको आक्रमणमा परी नौ जनाको मृत्यु भैसकेको छ ।

पछिल्लो समय बाघको आक्रमण दिनहुँ बढ्न थालेपछि मध्यवर्ती क्षेत्र आसपास र खाता जैविक करिडोर आसपासका स्थानीयहरु त्रसित बनेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत