पेट्रोलियम पदार्थमा हप्तैपिच्छे मूल्यबृद्धि जनताकाे चुल्हाे बन्द गर्ने नियत : महामन्त्री तिमल्सिना
- गाउँ सहर संवाददाता
- ४ चैत बुधबार, २०७७ | ०७:४८:०० मा प्रकाशित
काठमाडाैं । बुधबारदेखि लागू हुने गरि गरिएकाे पेट्रोलियम पदार्थकाे मूल्यबृद्धिप्रति नेपाल विद्यार्थी संघले कडा आपत्ति जनाएको छ ।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले प्रेस बिज्ञप्ति जारी गर्दै अत्यावश्यकीय उपभोग्य बस्तु पेट्रोलियम पदार्थमा हप्तैपिच्छे मूल्यबृद्धि गर्ने सरकारको निर्णय निन्दनीय भएकाे भन्दै बिस्तारै बिस्तारै जनताकाे चुल्हाे बन्द गर्ने नियत भएकाे बताएका छन् ।
‘भ्रष्टाचारमा चुर्लुम्म डुबेको जनतामारा सरकारको जनता बिरुद्धको रबैयाको निरन्तरताको रुपमा लादिएको यो निर्णय आम नेपाली जनताको ढाड सेक्ने र चुलो बन्द गराउने नियतबाट उद्यत छ’ महामन्त्री तिमल्सिनाले विज्ञप्तिमा भनिएकाे छ ।
एकपछि अर्को जनबिरोधी गतिविधिमा लिप्त भइ भ्रष्ट र प्रतिगामी सरकारको जनघाति कदम र निर्णयका बिरुद्ध शसक्त प्रतिरोध गर्न पनि उनले सबैमा अपिल गरेका छन् । उनले पेट्रोलियम पदार्थमा भएकाे मूल्यबृद्धि तुरून्त फिर्ता लिन पनि माग गरेका छन् ।
नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी इन्धनको मूल्य प्रतिलिटल २/२ रूपैयाँले बढेको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल ११८ तथा डिजेल र मट्टीतेल १०१ रूपैयाँ प्रतिलिटर पर्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस