अर्थतन्त्र

०७७ माघसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा, संख्या १०,३६६ पुग्याे

काठमाडाैँ । देशका कुल ७५३ स्थानीय तहमध्ये २०७७ माघसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकद्वारा जारी सात महिनाकाे वित्तीय अवस्थाले साेही तथ्यांक देखाउँछ ।

२०७६ माघसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । 

बैंकका अनुसार, यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ माघमसान्तमा १४३ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ माघ मसान्तमा १०,३६६ पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत