सडक/यातायात

जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ८ जना घाइते

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

अपराह्न कमलामाई नगरपालिका–७, करमडाँडामा घुम्तीमा मोड्न खोज्दा जीप पछाडि सरेर भिरबाट करिब ५० मिटर खसेको सिन्धुलीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले जानकारी दिए ।

जीप जिल्लाको पहाडी क्षेत्रमा पर्ने सिन्धुलीमाडीबाट बाँसकटेरीतर्फ गइरहेको थियो ।तस्विरः क्रान्ती दोङको फेसबुकबाट

दुर्घटनामा मृत्यु हुनेहरुमा कमलामाई नगरपालिका -४ बाँसकटेरीका  ६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता स्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र उनका २ वर्षीय छोरा मनिष रहेका छन् ।

बोलेरो चालकको अवस्था गम्भीर रहेकाे प्रहरीले बताएकाे छ। उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत