समाज

मुख्यमन्त्री दम्पति हेलिकप्टर चार्टर गरेर ससुराली

काठमाडाैं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगेका छन् । राई आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका हुन् । 

शेर्पाले सामाजिक सञ्जालमार्फत परिवारका साथ आफ्नो जन्मस्थल जान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छिन् । 

‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन्, ‘म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ !’ उनले त्यहाँ आफूहरु पुग्दा सबैले न्यानो स्वागत र सत्कार गरेको भन्दै गाउँमा सडक, बिद्युत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेकाले त्यसमा आफूहरुको ध्यानाकर्षण भएको बताएकी छिन् । ‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महशुस गरेँ ।  किनकी त्यहाँ सडक, बिद्युत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोडन बाँकी रहेछ’, शेर्पाले भनेकी छिन्, ‘अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ ! सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’ 

गाउँ सहर संवाददाता

तपाईँको मत